नेपाली भूमि अतिक्रमण वक्तव्यको विषय मात्र होइन, यो परिणाममुखी हुनुपर्दछ : देउवा

काठमाडौं, वैशाख २८ : भारतले नेपाली भूमि लिपुलेकमा सडक बनाएको विषयमा कांग्रेले आपत्ति जनाएको छ। सरकारलाई तत्काल कुटनीतिक र राजनीतिक रुपमा उच्च स्तरीय पहलकदलमी चाल्न आग्रह गरेको छ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रेस विज्ञप्ति जारी गर्दै सरकार वक्तव्यमा मात्रै सिमित रहेको आरोप लगाएका छन्। ‘यो दुई दिनको अवधिमा वर्तमान सरकारले उच्च स्तरीय कूटनीतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको परिप्रेक्ष्यमा नेपाली कांग्रेसको सभापति एवं प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले म सरकारलाई कुटनैतिक र राजनैतिक रूपमा उच्च स्तरीय पहलकदमी गर्न सार्वजनिक रुपले अपिल गर्दछु,’ देउवाले भनेका छन्।

भारतले पिथौरागढदेखि तिब्बतको मानसरोवर जोड्ने सडक नेपालको लिपुलेक मिचेर बनाएको छ। सकडको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेका थिए।

त्यसयता सरकार वक्तव्यमा मात्रै सिमित भएको देउवाको भनाइ छ। ‘नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सिमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद छ,’ देउवाले भनेका छन, ‘राष्ट्रवादको प्रश्न केवल वक्तव्यको विषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा नेपाली कांग्रेस विगत देखिनै निरन्तर प्रष्ट छ।’

कांग्रेसले लिम्पियाधुरा, कालपानी र लिपुलेक नेपालको भूभाग भएको जनाएको छ। वक्तव्यमा भनिएको छ, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालका हुन्। सरकारमा रहेका बेला होस् या आज प्रतिपक्षमा छंदा यी भू–भाग ’bout नेपाली कांग्रेसले सदैब प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउंदै आएको छ।’

सभापति देउवाले कांग्रेसका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले लिएको अडानको पनि स्मरण गराएका छन्। ‘सन् २०१५ मेमा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेक’bout बेइजिङमा सहमति गरेपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले दुबै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको थियो,’ देउवाले भनेका छन्। तर, अहिले सरकारले पहल गर्न नसकेको उनको आरोप छ।

त्यसपछि नक्सा सार्वजनिक हुँदा पनि कांग्रेसले सरकारलाई कूटनीतिक र राजनीतिक तवरबाट पहल गर्न आग्रह गरेको स्मरण गरेका छन्। अहिले पनि सरकारको साथमा रहेको उल्लेख गर्दै तत्काल उच्च स्तरीय पहल गर्न आग्रह गरेका छन्।

देउवाले भनेका छन, ‘नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमीमार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस्, राष्ट्रियताको प्रश्नमा नेपाली कांग्रेसको सम्पूर्ण साथ सरकारको साथमा रहनेछ।’