परराष्ट्रमन्त्रीले भारतीय राजदूतलाई बोलाएर गरे सोधपुछ

काठमाडौं, वैशाख २९ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि भारतीय राजदूतलाई बोलाएर लिपुलेकमा सडक निर्माण गरिएकाे विषयमा सोधपुछ गरेका छन्।

उनले आइतबार बिहान भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलोएर सोधपुछ गरेका हुन्। उच्च स्रोतका अनुसार, आज बिहान साढे ११ बजे भारतीय राजदूत क्वात्रा परराष्ट्र मन्त्रालय पुगेका थिए।

मन्त्री ज्ञवालीले भारतीय राजदूत क्वात्रासँग लिपुलेक’bout कुराकानी गरेका थिए। उनले नेपालको तर्फबाट औपचारिक धारणा राखेकाे जनाएकाे छ।

परराष्ट्र स्राेतका अनुसार नेपाली भूमी मिचेर चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा नेपालले राजदूत क्वात्रामार्फत भारत सरकारसँग औपचारिक विराेध पनि जनाएकाे हाे।

भारतले गत शुक्रबार पिथौरागढदेखि तिब्बतको मानसरोवर जोड्ने सडक उद्घाटन गरेको थियो। यो सडकको १९ किलोमिटर भाग नेपाली भूमि लिपुलेकमा पर्छ।

यसको नेपालमा चर्को विरोध भइरहेको छ। युवा विद्यार्थीले सडकमा प्रदशन गरिरहेका छन भने सांसदहरुले सदनमा समेत विरोध जनाइरहेका छन्।

यस विषयमा नेपालले त्यहिवेला विरोध जनाएको थियो। भारतले कोरोना महामारी सकिँएपछि यस विषयमा छलफल गर्ने प्रतिक्रिया दिएको थियो।

भारतले सन् १९९ देखि पिथौरागढबाट सडक निर्माण सुरु गरेको थियो। तल्लो भागमा सन् २००८ मा पूरा भएको थियो भने माथिल्लो भागमा त्यसपछि निर्माण थालेको थियो।

सन् २०१५ मा चीन र भारतबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमति भएपछि सडक निर्माणले तिव्रता पाएको थियो।

भारतले यस अघि नै नेपाली भूमि कालापानीमा सेना राखेको छ। अहिले कालापानी उत्तर-पूर्वको लिपुलेकमा सडक बनाएर चिनीयाँ नाका जोडेको हो।