बर्दिया कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १३४

काठमाडौं, वैशाख २९ : नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु र रुपन्देहीका ६–६ जना र बर्दियामा एक जनामा गरी थप १३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
योसँगै कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।
