आज ५७ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १ सय ९१

काठमाडौं, वैशाख ३० :  नेपालमा मंगलबार मात्र ५७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा‍. समीरकुमार अधिकारीका अनुसार थपिएका संक्रमितमध्ये पर्साका मात्र ३९ जना  रहेका छन्। त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ सय ९१ पुगेको छ ।