देखियो कोरोना संक्रमण वीरगन्जका दुई पत्रकारलाई पनि

कोरोनाभाइरसको संक्रमण वीरगन्जका दुई जना पत्रकारलाई पनि देखिएको छ।

वीरगन्जमा मंगलबार एकैदिन देखिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ। अन्य दुई पत्रकारको पनि परीक्षण गरिएकोमा रिपोर्ट आउन बाँकी नै रहेको छ।

कोरोनाको संक्रमण नेपालका पत्रकारमा देखिएको यो पहिलो पटक हो।आज एकैदिन ५७ जना व्यक्तिमा संक्रमण देखिएको छ। जसमा ३९ जना पर्साका मात्र छन्।