काठमाडौं र कपिलवस्तुमा थप एक-एक जनामा संक्रमण, संक्रमितको संख्या २४५ पुग्यो

काठमाडौं, जेठ १ : नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्तिमा जनाएअनुसार काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ ।
यसअघि बुधबार बेलुकी स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सककै सम्पर्कमा रहेका छन्।