थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको हो ।
आज विहान मात्र २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको स्वास्थ्य मन्त्रालयले भर्खरै थप ५ जना थपिएको पुष्टि गरेको हो ।