थप ६ जनामा कोरोना पुष्टि

काठमाडौं, जेठ ३ : बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका ६ जना सहित कोरोना संक्रमणको संख्या २ सय ७३ पुगेको छ ।