स्वास्थ्य मन्त्रालयले किन लुकायो धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाकाे रिपोर्ट ?

काठमाडौं, जेठ ३ : काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी कोरोना संक्रमित महिलाको रिपोर्ट सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयले आनाकानी गरेको छ।
धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो। तर, निधन भएपछि उनको स्वाब पुनः परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो। राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट आइसकेको छ। तर, मन्त्रालयले भने रिपोर्ट सार्वजनिक गरेको छैन।
‘रिपोर्ट आइसकेको छ। तर, यस’bout थप बोल्न मिल्दैन,’ प्रयोगशालाका एक चिकित्सकले भने।
मन्त्रालय भने रिपोर्ट कसरी सार्वजनिक गर्ने भनेर छलफलमा रहेको बुझिएको छ। शुक्रबार साँझ नै संक्रमितको निधन भइसकेको अवस्थामा तुरुन्तै यस’bout जानकारी दिनुपर्नेमा मन्त्रालयले आधिकारिक पुष्टि गर्न ढिलाइ गरेको छ। धुलिखेल अस्पतालका चिकित्सकहरुले मन्त्रालयले आधिकारिक धारणा सार्वजनिक नगरेपछि असन्तुष्ट देखिएका छन्।
सिन्धुपाल्चोकको बाह्रविसेकी २९ वर्षीया सुत्केरी महिलाको शुक्रबार साँझ धुलिखेल अस्पतालमा निधन भएको थियो। धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ती महिलामा कोरोना पोजेटिभ देखिएको थियो।काठमाडौँ प्रेस