कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा दुई पुग्यो

काठमाडौं, जेठ ४ : बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका बाँकेका २५ वर्षीय युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।

स्वाथ्यन्त्रालयका प्रवक्ता डा‍. विकास देवकोटाका अुनसार आइबार बिहान निधन भएका ती युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो।

बाँकेका ती युवा बैशाख ३० गते भारतबाट आएका थिए। उनको आइतबार बिहान ६ बजेर ४० मिनेटमा निधन भएको थियो। ‘उहाँको स्वाव लिइएको थियो। रिपोर्ट पोजेटिभ आएको छ,’ देवकोटाले भने।

यसअघि शुक्रबार साँझ सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको संक्रमणबाट मृत्यु भएको थियो। योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।