जेठ ४ गते मृत्यु भएका एक वृद्धलाई कोरोना भाइरस पोजेटिभ, नेपालमा कोरोनाबाट मृत्यु हुने चौंथो

वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भइसकेका एक वृद्धलाई कोरोना भाइरस पोजेटिभ देखिए पछि नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।
७० वर्षीय ती वृद्ध मृगौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा उपचारका भर्ना भएका थिए। जेठ ४ गते मृत्यु भएपनि कोरोनाको रिपोर्ट भने पोजेटिभ आएको छ ।
ती मृतकका परिवारले उनको अन्तिम संस्कार गरिसकेका छन्।
यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।