संक्रमितको संख्या ६८२ पुग्यो

काठमाडौं, जेठ १२ : नेपालमा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

सोमबार गरिएको परीक्षणमा थप  ६ जनमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित संख्या ६८२ पुगेको छ। संक्रमितमध्ये ११२ जना निको भएर घर फर्किसकेका छन् भने चार जनाको मृत्यु भएको छ।