कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक

काठमाडौं, जेठ १३ : कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५०४ जनाको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ९९ हजार ८०५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख ६ हजार १५४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ६२ हजार ७६४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४३ हजार ५८६ जनामध्ये १७ हजार ११४ जनाको अवस्था गम्भीर रहेको छ ।