रुकुम घट्ना छानविन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

काठमाडौं, जेठ १३ : रुकुम पश्चिममा तीन जनाको हत्या र तीन जना वेपत्ता भएको घटनाको छानविन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ।

गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन समिति गठन गरिएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्। सोमबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री थापाले छानविन समिति गठन गरेको जानकारी दिएका हुन्।

रुकुम पश्चिम घटना’bout संसद्लाई जानकारी दिँदै गृहमन्त्री थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा घटना भएको बताए। यसको छानविनका लागि पाँच सदस्यीय समिति गठन गरेको उनको भनाइ थियो।

गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन गरिएको छानविनमा समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव सदस्य रहेको जनाएको छ।

जाजरकोटका १९ जनाको समूह युवतीलाई भगाएर ल्याउन रुकुम पश्चिम गएको र त्यसै क्रममा युवती पक्षकाले आक्रमण गरेको गृहमन्त्री थापाले बताए। जसमा युवती लिन गएका नवराज विकसहित तीन जनाको शव भेटिएको र तीन जना बेपत्ता रहेको उनले बताए। अन्य युवकहरुलाई प्रहरीले सामान्य सोधपुछ गरेर छाडेको जानकारी दिए।

घटनामा १२ जनालाई नियन्त्रणमा लिएको पनि गृहमन्त्री थापाले संसद्लाई जानकारी दिए। युवती, उनका आमाबुवा, वडाध्यक्षसहित घटनामा संलग्न रहेका युवा रहेको उनको भनाइ थियो।

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटना’bout सत्यतथ्य र त्यसविरुद्ध चालिएका कदम’bout जानकारी गराउन माग गरेका थिए। कानुनले छुवाछुतलाई दण्डनीय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रूपले दण्डनीय बनाउने व्यवस्था गरेको उल्लेख गर्दै दलितमाथि गैरदलितबाट भएको आक्रमण लज्जास्पद भएको उनको भनाइ थियो।

शनिबार नवराजसहित १९ जना जाजरकोटबाट रुकुम पश्चिम गएका थिए। युवतीले बोलाएपछि गएको उनीहरुले बताएका छन्।

उनीहरु रुकुम पश्चिम पुगेपछि वडाध्यक्षसहित स्थानीय वासिन्दाले कुटपिट गरेका थिए। नवराज सहित तीन जनाको मृत्यु भएको छ भने तीन जना भाग्ने क्रममा भेरी नदीमा बगेको जनाएको छ। उनीहरु वेपत्ता रहेका छन्।