संविधान संशोधन प्रस्ताव सकारात्मक : देउवा

काठमाडौं, जेठ १५ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू—भाग रहेको दोहोर्‍याएका छन् ।

१३ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदैं देउवाले भनेका छन्, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू—भाग हुन् । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ । केन्द्रीय समितिको बैठकबाट यस’bout संस्थागत निर्णय गर्नेछौं ।’ साथै उनले नेपाली कांग्रेसको धारणा ’bout कुनैपनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न समेत आग्रह गरेका छन् ।

यस्तै देउवाले दिवसको अवसरमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने वीर शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गरोस भनी शुभकामना व्यक्त गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको अवस्थामा उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न सबैलाई देउवाको आग्रह छ ।