एकै पटक १५६ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या एक हजार नाघ्यो

काठमाडौं, जेठ १५ : नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १०४२ पुगेको छ।