प्रसिद्ध गीतकार रत्नशमशेर थापाको निधन

काठमाडौं, जेठ १५: गीतकार रत्नशमशेर थापाको ८१ वर्षको उमेरमा निधन भएको छ । नर्भीक अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो १२ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, जाग-लम्क-चम्क हे नौजवान हो, विछोडको पीडा नसकी खप्न घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, आँखाको भाका आँखैले, उकाली ओराली गर्दै (सीमाना फिल्म) जस्ता कालजयी गीतहरु चर्चित छन् ।