सगरमाथा दिवस र पर्यटन
हाे १३औ आराेहण दिवसनै हो याे (अन्तराष्ट्रिय सगरमाथा दिवस) नेपाल सरकारले बिधिवत मनाउन सुरु गरेकाे । तर निजि स्तरमा हामिले शुरु गरेकाे भने १९९२ बाट हाे र त्याे हिसाब ले २८औं सगरमाथा दिवस हाे याे ।
“अन्तराष्ट्रिय सगरमाथा दिवस” (Everest Day, 29th May)-काे उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ।
सायद नयां पिंढिका धेरैलाई यसकाे अतितिकाे त्यति ज्ञानछैन नै हाेला । १९९२ काे समय हाे । हामि भर्खर पर्यटनमा छिरेकाे अवस्था थियाे । हाम्रा स्वभावका अधिकास युवाहरु ब्यबसायि बनेका थियनन । देश भर्खर खुल्लापनमा गयकाे समय थिायाे । आन्दाेलनकाे हिस्साहुदै ब्यबसायी बनेकाे हामिहरुमा सिंगै देश मेराे हाे र म बाट जे पनि संभव रहन्छ भन्ने गर्विलाे शाहास र स्वाभाव विकास भयकाे थियाे । नेताहरु आन्दाेलनका साथि जस्ता लाग्दथे भने कर्मचारि पंचायकका हंसहुनकि भन्ने भ्रम थियाे । त्यसैले अधिकांस समय द्वन्दहरुमा नै बित्ने गर्दथियाे नै ।
अहिलेभन्दा पनि धेरै सिजनल पर्यटन थियाे । केहि ग्रुप आयाे र उनिहरुकाे ब्यबस्थापनकाे जिम्मा कर्मचारिसाथिहरुमा दियाे त्यसपछि प्रशस्त समयहरु हुने गर्दथे । सामन्यतया अहिलेपनि पदयात्रा या अाराेहण संचालनलाई मात्र पेशा बनायका हरुकाे अवस्थामा खासै फरक आएकाे छैन नै हाेला । धेरै जस्ता अलि अगाडिका ब्यबसायिहरुमा बढि अंहकारिता थिय । स्राहै ब्यस्त बन्ने या देखाउने उनिहरुकाेअधिकांस समय कार्यलयकाे ढाेका बन्द गर्याे अनि जम्याे तास र रमईलाेमा। नचिनियका नयां ब्यबसायीहरु र नयांपनलाई तृरस्कार गर्ने या नजिकपनि पर्न नदिने एक खालकाे सामन्ति स्वाभाव उनिहरुमा थियाे । हामि भने के कम ! सबैलाई तिरस्कार गर्ने र अाफ्नै बाटाे बनाउने र अगाडि बढ्ने जमातमा पर्यैा ।
सगरमाथाकाे देश, अनगिन्ति उच्चचुचुरा भयकाे देश । पर्यटक नेपाल आउनु काे मुल कारण पनि त्यहि । विदेशिहरुबाट लादियकाे महिला दिवस, मे दिवस, पर्यटन दिवस अरु के के दिवसहरु प्रचनलमा थिय । तर शंसारकाे शिर रहेकाे देश । पर्वत र चुचुराहरुले भरियकाे देश । आराेहि र आराेहणका गतिविधिले शंसारकै ध्यान तानेकाे देश तर यसकाे विश्व शंदेस जाने कुनै दिन या पर्वहरु प्रस्ताव गरियकै रहेनछ । ब्यबसायका फुर्सदिला समयमा यि कुराहरु मनमनमा गुनगुनाउने थालिहाल्याे । अचानक शब्द पनि आयाे उच्चशिखरमा चढेकाे दिन किन पर्वकाे रुपमा नमनाउने त ? त्यसलाई सगरमाथा दिवस किन नभन्ने त? प्रस्ताव सहित तत्काल संघ संस्थाकाे जिम्मालिने नायिकेहरुलाई भेट्न थालियाे । तिनिहरुका कार्यलयमा पुगियाे । दुरभाग्य तिनिहरुबाट तिरस्कार बाहेक केहि मिलने । पंचायत र राजका गुणगान गायर हुर्केका दास या भक्तहरु भरखर निश्चित नेताहरु पक्ररेर राजनैतिक दलसंगकाे संपर्क बढाईरहेका र पर्सस्त स्राेत साधनमा पहुच भयका उनिहरुकाे नजरमा र ब्यबहारमा हामि केवल नाङ्गलाे पसले भन्दा फरक थियननै । केहि हाम्रा समकालिनहरुपनि पद र सुविधाकालागि उनिहरुकै ढाेके या गार्ड जसरि प्रस्तुत हुने गर्दथे। आजपनि ति मध्य धेरै केहिन केहिरुपमा पर्यटनमा छन र काहि प्रवक्तानै हाे जस्ताे स्वभाव देखाउने गर्दछन तर उनिहरुकाे भित्रकाे कुन्ठा याे दिन या पर्वकाे ’boutमा या ईतिहासकाे सच्चाईकाे ’boutमा कहिन कहि भेटिन्छ या देखिन्छनै ।
संझना रहेसम्म तत्काल पर्शासनिक अधिकृतकाे रुपमा नेपाल पर्वताराेहणा संघ मा कार्यरत युवा विनय शाक्य र तत्काल उपसचिवकाे रुपमा याेजना शाखा पर्यटन विभागमा कार्यरत मिना खनाल अलि बढि नाम र पर्वकाे रुपमा उत्साहित हुनु भयाे र केहि बाटाेहरुकाे संभावनादेखाउनु भयाे । यि दुई बाहेक संघ र सरकारि निकायका काेहि पनि हाम्रा प्रश्तावलाई बुझ्न पनि खाेजेन या चाहेनन । तत्कालाका अग्रज ब्यबसायिहरुकाे त कुरानै गर्नु नपर्ने । पैसा माथिराम्राे पहुच र पर्यटकहरुसंग काम गर्नेहरुलाई समाजले हर्ने सकरात्मक कारणले अायकाे अहमता स्पस्टनै देखिन थालि हाल्याेनै ।
नयां ब्यबसायिहरुकाे उर्लदाे पर्वेश र बुढानिलकन्ठ जस्ता विध्यालय (दिवस, दिनस पर्साई, ज्ञनेन्द्र महताे लगायत) र जिवेन्द्र सिंखडा, नारायण वाग्ले जस्ता भरखर उदाउन थालेका कान्तिपुर जस्ता पत्रिका र पत्रकारहरु संगकाे ब्यक्तिगत सु संबन्धहरु, भरखर उदायकाे अपसेट प्रेश र कम्पुयटरका ज्ञाता महेश अधिकारी जस्ताकाे लेखनशैलि, आश्विन पुडासैनिहरु जस्ता पर्यटन बाहिरका युवाहरुकाे सकृयता र सहयाेग, जापनमा अग्रेजि भाषा पढाउने शिक्षकहरु सुजन र पिटरहरुकाे बेजाेडकाे सहयाेग तथा हामि समकालिन हरुकाे कल्व तथा निस्वार्थ मेल (बद्रि रिजाल। गाेविन्द, थपलिया शुसिलेस्वर लाल मुलेपति विमल नहर्कि प्रेप कुमार श्रेष्ठ लगायतका धेरै सहकर्मिहरु सबैकाे नाम यादभयन) ले ब्यबसायमा हाेमियकाे केहि महिनामानै (१९९२) सगरमाथा दिवस मनाउने जस्ताे महत्वकांक्षी याेजना र यसलाई स्थापित गर्न Everest Voice जस्ता पत्रिका निकाल्ने कार्यमा सफलता पाउनु एक गर्वनै मान्नु पर्दछ । यसकाे महत्व कति छ भनेर तत्कालका मंत्रि र विभागकाे प्रमुखहरु त्याे बेला ज्ञान भायाे जुनबेला अन्तराष्ट्रि मिडायाले यसकाे ’boutमा उनिहरुमा जिज्ञासा राख्नथाले ।
सफा हिमाल । अनुशासित र गुणस्तरिय पर्यटन । आराेहिहरु (विशेषत नेपालि शेर्पा)काे सम्मान हाम्रा तत्कालका नारा र कार्यहरु भय या रहे । नेपालि आराेहिरुकाे त्यति धेरै न्याय र सम्मान संभवत त्याे भन्दा पहिला नेपालिहरुले (राज्या र संघ तथा संस्थाहरुले) कहिले गरेका या दियका थियनन (एक कामदार भन्दा बढि नजरपनि उनिहरुमा लाग्ने गर्दैन थियाे नै) ।
विभन्न उकालि ओरालिहरुकाे १४ वर्षे यात्रापछि हामिलेनै संघ संस्थाकाे (TAAN/NMA) दुवैकाे नेतृत्वलिनु या हस्तक्षपनै गर्नुपर्याै याेदिनलाई राज्यद्वरा घाेषित पर्वकाे रुपमा मनाउन । २००८काे वर्ष तथा लिलामणि पाैड्याल जस्ता सकरात्मक साेच बाेकेका सचिव पर्यटन मंत्रालयमा रहनुनै एक संयाेग बन्याै यसलाई राज्यले स्वामित्वलिन । याे पर्वकाे लागि पहिलाे चाेटि सगरमाथामा मानव पाहिला राख्ने दुई माहान विश्व सपुतहरु एडमन्ड हिलरि र तेन्जिङ्ग नाेर्गे शेर्पा ले सगरमाथाकाे शिरमा पाहिल राखेकाे एैतिहासिक दिन आज अर्थात मे २९ (२०५३) राेजेकाे हाे । २००८का सुरुवातका दिनमानै आफुसंगै सगरमाथा काे कथा भन्दै हिड्ने र हिमाल विशेषता खुम्वुबासिका आखा बनेका एडमन्ड हिलरिकाेकाे पनि देहवसान भएकाेले अव पर्वकै रुपमा लाने र उहांहरु तथा सिंगैहिमाललाई संधै जिवित राख्ने हाम्राे पस्तावमा राज्य सहमत भयकाे हाे र एडमन्ड हिलरिकाेकाे दु:खद देहवासनपनि याे पर्वलाई राष्ट्रिपर्वकाे रुपमालाने संयाेगकाे काम गर्याै । नाम्गेल शेर्पा जस्ता अथाहा संभावना बाेकेका युव ब्यबसायि ( सुपुत्र, स्वर्गिय पासाङ लामु शेर्पा, पर्थम नेपालि महिला आराेहि) हरु जाे तत्कालमा हाम्रा TAAN टिममा थियकाे तयरि र पर्सतुतिले पनि राम्राे काम गर्याे नै ।
नेपाल सरकारले पहिलाे पटक भब्यरुपमा आर्मी कल्वमा विशाल आराेहिहरुकाे जमघट सहितकाे सगरमाथा महाेत्सव संभवत अहिले सम्मकै भव्य क्रयक्रम हुनुपर्दछ, २००९ काे मे २९ मा । त्यसकाे संपुर्ण खर्च र ब्यबस्थापन हामिलेनै NTB/TAAN/NMA काे संयुक्त काेष उपयाेग सहित गरेका थियाैं ।
त्यसपछिका दिनहरु झ सम्मपनि याे दिन या पर्व परम्परा धान्ने बाहेक खासै गितिशिल बन्न सकेका छैननै । सगरमाथा दिवसकाे अवधारणा हाम्रा पर्वहरुका क्यालेन्डरमा अर्काे पर्व थप्नमात्र आएकाे थियन । अन्तराष्ट्रिय त्यसै थपियकाे थियननै । हाम्राे साेच भनेकाे देशभित्र पनि बिशेषता संगठित अध्यान संस्थाहरु र शुरक्षानिकायमा हिमाल र बाताबरणकाे महत्व झल्काउन उत्कदिन ससना पहाडका चुचराहरुकाे चढांई यात्रासहित मनाउने । हिमलकाे महत्वहरु र ईतिहासकाे स्मृति गराउने । त्याे भन्दापनि बढि आराेहणका गतिविध मनपराउने सबै माहादेशहरुमा याे पर्व मनाउन अभियान नै चलाउने थियाे । जस्ले प्रत्यक्ष या अप्रत्यक्ष नेपाल र हिमालहरुकाे महिमा शंसारभर गाउने थियाे, स्थापित गराउन मद्दत गर्ने थियाे । निशुल्क प्रचारहुने यस्ता गतिविधिहरुले नेपाल र नेपालकाे पर्यटनलाय देशमय बनाउने मद्दत पुर्याउने थियाे । यसमा हामि चुकिरहेका छाै । लाग्दछ यस्ताेसमयहरु ल्याउन सायद सरकारमा उपयुक्त पात्रहरुकाे आगमन भईसकेकाे छैन । शुभ कामना त्यस्ताे समय छिट्टै आओस र हाम्राे देशबाट निस्कने पर्वले पनि अन्तराष्ट्रिस्वरुप गर्हण गराेस ।
अन्तराष्ट्रिय सगरमाथा दिवसकाे बधाई र शुभकामना सबै आराेहण र हिमाल तथा पहाड र बाताबरण प्रति शंवेदनशिल रहने आम मनाव समुदायमा। ज्योति अधिकारीको फेसबुकबाट