नेपालमा संक्रमितको संख्या १२१२ पुग्यो

काठमाडौं, जेठ १६ : नेपालमा थप १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप १७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
योसँंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ सय १२ पुगेको छ। तीमध्ये २०६ जना निको भएर घर फर्किएका छन्।