दैलेखमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमित हुनेको संख्या १२२६ पुग्यो

दैलेख, जेठ १७ : दैलेखमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा दैखेलका थप १४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
संक्रमितहरु सबै दैलेखको नारायण नगरपालिका वडा नम्बर २, ३, ४, ६, ८, ९ , १० र ११ का ७ देखि ५० वर्ष उमेर समूहका रहेका छन्।
उनीहरु सबै केही दिनअघि मात्रै भारतबाट फर्किएका थिए। दैलेखमा १४ जना थप भएसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या १२२६ पुगेको छ। संक्रमितमध्ये २०६ जना अस्पतालबाट निको भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ।