संसदबाट पास नभएसम्म एमसीसीका काम रोक्ने : नेकपा

काठमाडौं, जेठ १७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संघीय संसदबाट अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास नहुँदासम्म त्यसअन्तर्गतका काम रोक्ने  निर्णय गरेको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले संसद्‍‍बाट एमसीसी अनुमोदन नहुँदासम्म त्यसमातहतका काम रोक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बिहीबार सरकारले ल्याएको आर्थिक वर्ष २०७७–०७८ को बजेटमा एमसीसी अन्तर्गतको लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी अन्तरदेशीय प्रशारण निर्माण अघि बढाउने उल्लेख छ। एमसीसीका कार्यक्रम बजेटमा परेपछि नेकपाकै नेताहरुले विरोध जनाएका थिए।

‘एमसीसी अन्तर्गतका कामहरू अनुमोदन भएपछि नै गर्ने समझदारी भएको छ। संसदबाट एमसीसी अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका काम रोक्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने। 

यस’bout प्रधानमन्त्री केपी शर्मा ओलीले बुझेर आवश्यक निर्देशन दिने श्रेष्ठको भनाइ छ।  प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा अर्थमन्त्री खतिवडाले बजेटमा एमसीसी किन समावेश गरिएको भन्ने’bout प्रष्टाएका थिए।

‘कार्यदलले दिएको प्रतिवेदन अध्ययन गरेर छिटै गम्भीर छलफल गर्ने र आवश्यक निर्णयमा पुग्ने निर्णय भएको छ,’ श्रेष्ठले भने, ‘आपसी छलफल गरी अध्यक्षद्वयले सचिवालय बैठकको अर्को मिति तय गर्नु हुनेछ।’ एमसीसी’bout छलफल गर्न बोलाइएको सचिवालय बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी थिए।

एमसीसी’bout नेकपाले गत माघमा सचिवालय सदस्य झलनाथ खनालको संयोजकत्वमा बनाएको कार्यदलले दिएको प्रतिवेदन अध्ययन गर्ने पनि निर्णय भएको छ। उक्त कार्यदलले यथास्थितिमा एमसिसी लागू गर्न नहुने सुझाव दिएको थियो।

यसअघि शुक्रबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बजेटमा एमसीसीलाई घुसाएकोमा आपत्ति जनाएका थिए। त्यसपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सचिवालयको बैठक बोलाएका थिए।