आरडिटीलाई न्यूनीकरण गर्दै पिसीआर विधिलाई व्यापक बनाउन निर्देशन


सङ्घीय संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिले कोभिड–१९ को परीक्षणका लागि आरडिटी विधि प्रभावकारी नदेखिएको भन्दै सो विधिलाई तत्काल न्यू्नीकरण गरी पिसीआर विधिलाई व्यापक बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले नेपाल–भारत सीमाका सबै जिल्ला सदरमुकाम तथा स्थानीय तहमा रहेका क्वारेन्टिनलाई अझै व्यवस्थित गर्न र पिसीआर परीक्षणको सङ्ख्या बढाउनका लागि तत्काल आर्थिक प्याकेज घोषणा गर्नसमेत मन्त्रालयलाई निर्देशन दिएको समितिका सदस्य डा दीपकप्रकाश भट्टले जानकारी दिनुभयो । – रासस