विश्वभर कोरोना महामारीबाट ३ लाख ७० हजार भन्दा बढीको मृत्यु

काठमाडौं, जेठ १८ : विश्वभर कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघेको छ ।

६१ लाख ५६ हजार संक्रमित मध्ये लाख २७ लाख ३४ हजार उपचार पछि निको भएका छन् । सक्रमित मध्ये ५३ हजार ४ सय बढीको अबस्था गंभीर छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५ हजार नाघेको छ ।

संक्रमितको संख्या १८ लाख १६ हजार बढी छ । बेलायतमा २ लाख ७२ हजार संक्रमित मध्ये ३८ हजारको मृत्यु भएको छ । इटालीमा २ लाख ३२ हजार संक्रमित र ३३ हजार बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८८ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ७ सय नाघेको छ । ब्राजिलमा ४ लाख ९८ हजार बढी संक्रमित हुंदा करिब २८ हजार ८ सय बढीको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९ सय ९९ जना कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ छ । रसियामा ३ लाख ९६ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ४ हजार ५ सय नाघेको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ८१ हजार नाघ्दा ५ हजार १ सय बढीको मृत्यु भएको छ ।