गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २० : गण्डकी प्रदेशको स्याङ्जा र पर्वतमा ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश पोखराका अनुसार स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमामा बसेका बर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र बिरुवा गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा बसेका बर्ष २० का १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
यसैगरी पर्बतको फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा बसेका बर्ष २० र ४० का २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा बसेका बर्ष १९, २० र २१ का ३ जना पुरुषमा समेत गरि पर्बत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।
यो संगै नेपालमा संक्रमितको संख्या १ हजार ८२१ पुगेको छ । संक्रमित मध्ये २२१ जना निको भएर घर फर्किसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ । – काठमाडौँ प्रेस