कांग्रेसले पनि संविधान संशोधन प्रस्ताव दर्ता गर्दै

काठमाडौं, जेठ २० : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने भएको छ। केन्द्रीय समितिको निर्देशनअनुसार विधेयक दर्ता गर्न लागिएको हो।

प्रधानमन्त्री शेरवहादुर देउवाको पालामा दर्ता भई अस्वीकृत भएको संशोधन पुनः दर्ता गर्न लागिएको कांग्रेस सांसद अमरेशकुमार सिंहले बताए । 

संशोधन विधेयक दर्ताका लागि सिंहलगायतका सांसद अपरान्ह संघीय संसद् सचिवालय पुगेका छन्। 

यसअघि समाजवादी पार्टी र राजपाले सोमबार मात्रै संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेका छन्।