सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्केका युवकको मृत्यु

सुर्खेत, जेठ २२ : क्वारेन्टाइनबाट घर फर्केका सुर्खेतका एक युवकको मृत्यु भएको छ।

सुर्खेतको विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसिरहेका पञ्चपरी नगरपालिका-१ का १९ वर्षीय युवक बुधबार घर फर्केका थिए।  उनको बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरीका कार्यालयले जनाएको छ।

पञ्चपुरीका मेयर उपेन्द्रबहादुर थापाका अनुसार, उनी जेठ ७ गते भारतबाट आएका थिए। उनी १४ दिन क्वारेन्टाइनमा बसेका थिए।

आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि बुधबार घर पठाइएको थियो। आज बिहान एकाएक मृत्यु भएको खबर आएको जनाएको छ।

उनको स्वाब संकलन गर्नका लागि स्वास्थ्यकर्मीको टोली पठाउन थालिएको छ। पीसीआर रिपोर्ट आएपछि मात्रै अन्त्यष्टि गरिने जनाएको छ।