रौतहटमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ २२ : रौतहटमा बिहीबार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित भएकाहरु इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर, माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एक/एक जना र दुर्गा भगवती गाउँपालिकाका १ जना रहेका छन्।
यससँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३८३ पुगेको छ।