कोरोना संक्रमितको संख्या २६३४ पुग्यो

काठमाडौं, जेठ २२ : नेपालमा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २६३४  पुगेको छ।

संक्रमितमध्ये २९० जना निको भएर अस्पतालबाट घर फर्किएका छन् भने १० जनाको मृत्यु भएको छ।