कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

काठमाडौं, जेठ २५ : विश्वमा कोरोना संक्रमणको महामारीबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ।  

पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १ हजार ९७८ जना पुगेको हो। संसारभर ६९ लाख ७० हजार ४४३ जना कोरोना भाइरसबाट संक्रमित छन्। त्यस्तै अहिलेसम्म विश्वभर ३४ लाख ११ हजार ७७ जना ठिक भएका छन्।  

अमेरिकामा १९ लाख ८८ हजार ४६१  संक्रमित भएका छन् भने एक लाख १२ हजार ९६ जनाको मृत्यु भएको छ। ७ लाख ४८ हजार ६८७ निको भएर फर्किएका छन्।

ब्राजिलमा ६ लाख ७३ हजार ५८७ जना संक्रमित भएका छन् भने ३५ हजार ९५७ जनाको मृत्यु भएको छ। अहिलेसम्म ३ लाख २ हजार ८४ जना ठिक भएका छन्।  

रसियामा अहिलेसम्म ४ लाख ५८ हजार ६८९ जना संक्रमित भएका छन् भने ५ हजार ७२५ जनाको कोरोनाबाट मृत्यु भएको छ। त्यस्तै अहिलेसम्म २ लाख २१ हजार ३८८ जना ठिक भएका छन्।

बेलायतमा अहिलेसम्म २ लाख ८४ हजार ८६८ कुल संक्रमित भएका छन् भने ४० हजार ४६५ जनाको मृत्यु भएको छ।

इटालीमा २ लाख ३४ हजार ८०१ जना कुल संक्रमित भएका छन् भने ३३ हजार ८४६ जनाको मृत्यु भएको छ। यसैबीच एक लाख ६५ हजार ७८ जना निको भएर फर्किएका छन्।  

भारतमा अहिलेसम्म २ लाख ४६ हजार ६२२ जना संक्रमित भएका छन् भने ६ हजार ९४६ जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म एक लाख १८ हजार ६९५ जना ठीक भएर घर फर्किएका छन्।