कोरोना संक्रमितको संख्या ३७६२ पुग्यो

काठमाडौं, जेठ २६ : नेपालमा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३७६२ पुगेको छ।
संक्रमितमध्ये ४६७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १४ जनाको मृत्यु भएको छ।