गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना, संक्रमितको संख्या १४४ पुग्यो
काठमाडौं, जेठ २७ : गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नवलपरासी जिल्ला (वर्दघाट सुस्ता पूर्व) मा १२ जना, बाग्लुङमा ११ जना र म्याग्दीमा १ जनामा संक्रमण पुष्टि भएको हो ।
बर्दघाट सुस्ता पूर्वका १२ जना संक्रमित नै बौदीकाली गाउँपालिका हुन् । यस्तै, बाग्लुङका ८ जना वरेङ गाउँपालिका र ३ जना संक्रमित निसिखोला गाउँपालिका रहेका छन् भने म्याग्दीको बेनी नगरपालिकाका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । उनीहरु सबैको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ । – काठमाडौँ प्रेस…