कोदालो प्रहार गरी ५ जनाको विभत्स हत्या

काठमाडौँ, जेठ २७ : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० मैनहवामा रहेको एक पशु फार्ममा ५ जनाको हत्या भएको छ ।

तिलोत्तमा नगरपालिका–१० अन्तर्गत मैनहवामा रहेको गंगादेवी पशु फार्ममा एक महिलासहित ५ जनाको सामुहिक हत्या भएको वडाअध्यक्ष व्यास मुन थारुले काठमाडौं प्रेसलाई जानकारी दिए । उनका अनुसार कोदालो प्रहार गरी विभत्स हत्या गरिएको हो ।

सोही फार्ममा रहेका सुर्खेतका झपेन्द्र सिंह सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको हत्या गरेर भागेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीको टोली आइपुग्दा उनी त्यहाँबाट फरार भईसकेको वडाअध्यक्ष थारुले बताए ।

अहिले प्रहरीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । हत्या किन र कसरी भयो भन्ने ’boutमा केहि जानकारी आएको छैन् ।  मृतकको विवरण खुलेको छैन ।