घर झगडा

घर पुरानो र अपायक देखिन थाल्यो । कसैलाई घरको रंगरुप मन परेन , कसैलाई आकार मन परेन । कोही घर सानो भएकोले तला थपेर बढाउने कुरा गर्न थाले भने कोही बढाउन होइन बलियो पार्ने कुरा गर्न थाले ।

घर सबैको हो , त्यसैले सबैजना घरमा हकदाबी गर्दै आआफ्नै ढंगले त्यसको पुनर्संरचना र हेरफेरको कुरा निकाल्न थाले ।

कोही भने आर्थिक अवस्था प्रतिकूल भएको कारण घरलाई धेरै नचलाउने तर सामान्य मर्मत गरेर त्यसैबाट काम चलाउने तर्क दिन थाले । कोही ऋण लिएर भए पनि बेलैमा घरको काम गर्नुपर्ने निचोडमा पुग्न थाले । छलफल र घर झगडा चलिरह्यो ।

अन्ततः घरको संरचना नै फेर्नुपर्नेहरुको स्वर ठूलो हुँदै गयो ।

त्यसपछि के चाहियो र ’emले चारैतिरबाट घर भत्काउन सुरु गरे ।

घर भत्काइसकेपछि एउटा अन्यौल पैदा भयो । अब कहाँबाट कसरी नयाँ घर बनाउन सुरु गर्ने । ’em प्रत्येकसँग आआफ्नै योजना त थियो तर सबैलाई चित्त बुझ्ने एकीकृत योजना भने कसैसँग थिएन । अहिले ’em घरबारविहीन छन् ।
००