क्वारेन्टाइनबाट घर फर्किएका युवकको मृत्यु

काठमाडौं असार ७ : सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका एक युवकको मृत्यु भएको छ। र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षण गरी घर पठाइएको युवकको आइतबार बिहान मृत्यु भएको हो।
भरीगंगा नगरपालिका ५ का युवा छिन्चुको शारदा माविमा रहेको क्वारेन्टाइनमा १४ दिन बसेका थिए। आरडिटी परीक्षणमा एन्टिबडी नेगेटिभ देखिएपछि उनलाई जेठ २९ गते घर पठाइएको थियो।
उनी जेठ १६ गते भारतबाट नेपाल आएका थिए।
उनको स्वाब परीक्षणको रिर्पोट आएपछि मात्र दाहसंस्कार गरिने नगरपालिकाले जनाएको छ। – काठमाडौँ प्रेस