म बाइफोर्स स्टेप चाल्दैछु, तपाईंहरु कता लाग्ने हो निर्णय गर्नुस् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अपर्झट मन्त्री र सल्लाहकारहरुलाई बालुवाटार बोलाएर आफूले ‘बाइ स्टेप बाई फोर्स’ कदम चाल्न लागेको र मन्त्रीहरुले आफ्नो कित्ता छुट्याउनु पर्ने बताएका छन्।

‘म बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु, तपाईंहरु कता लाग्ने हो निर्धारण गर्नुस्,’ प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै एक मन्त्रीले भने, ‘हुल्लडहरुको समूह स्थायी कमिटीले गरेको निर्णय म मान्दिनँ। स्थिति एकदम जटिल छ, हरेकले निर्णय गर्नुपर्ने बेला आएको छ।’

पछिल्लो परिस्थिति’bout परामर्श गर्न प्रधानमन्त्री ओलीले शनिबार साँझ बालुवाटारमा बोलाएको परामर्श बैठकमा यस्तो कडा धारणा राखेका हुन्।

प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग सुरुमै ‘ठूलो षडयन्त्र’ भइरहेको भन्दै ‘राष्ट्रपतिलाई महाअभियोग लगाउने’ र आफुलाई ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट हटाउने तयारी भएको’ बताएका थिए।

प्रधानमन्त्रीपछि बैठकमा मन्त्रीहरू वर्षमान पुन, घनश्याम भुसाल, पार्वत गुरुङ लगायतले बोलेका थिए।

पार्टीमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेका बेला उनले मन्त्री र सल्लाहकारहरुसँग परामर्श गरेका हुन्।

शनिबार साँझ शितलनिवासमा राष्ट्रपतिसँग भेटेर फर्केपछि मन्त्रीहरूसँग पछिल्लो परिस्थिति’bout परामर्श गरेको उनका सल्लाहकारहरुले बताएका छन्।

‘समसामयिक परिस्थिति’bout मन्त्रिमण्डलका सदस्यहरुलाई जानकारी गराउन प्रधानमन्त्रीले साँझ बैठक बोलाउनु भएको थियो’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताए।नेपालखबर