कक्षा ११ को बोर्ड परीक्षा नहुने

काठमाडौं । काेराेनाभाइरस (काेभिड–१९) काे कारण कक्षा ११ काे वार्षिक परीक्षालाई समेत असर गरेकाे छ । गत वैशाख २९ मा भइसक्नु पर्ने परीक्षा हुन नसकेपछि बाेर्ड परीक्षा नै रद्द गर्ने तयारी भएकाे छ ।
यसअघि एसईई परीक्षा पनि रद्द गरिएकाे थियाे । रद्द भएकाे परीक्षाका लागि आन्तरिक मूल्यांकनबाट अंक दिइने बताइएकाे छ ।
गत चैत्र ११ देखि लकडाउन घाेषणा भएकाे थियाे । पछिल्लाे समय लकडाउन खुकुलाे भएपनि शैक्षिक संस्था पुन: सञ्चालन हुने सम्भावना तत्कालै नभएपछि कक्षा ११ काे परीक्षा रद्द गर्ने तयारी भएकाे बुझिएकाे छ ।