झयालबाट देखिएका उत्कृष्ट ५ फोटो
लकडाउनमा घर बसाइको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले आयोजना गरेको झयालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा सहभागी सात सय भन्दा बढी फोटोहरुमध्ये उत्कृष्ट ५ छनौट गरिएको छ ।
उत्कृष्ट पाँचमा छनौट भएका फोटोग्राफरहरु प्रबिन श्रेष्ठ, उमेश स्थापित, शुसिल पौडेल, साम्दे शेर्पा र कमल कँडेल रहेका छन् । यस प्रतियोगिताको मुख्य निर्णायकमा वरिष्ठ फोटोपत्रकार नरेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो ।
प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन अनुरोध गरिएको थियो ।
विजयीहरुलाई जनही दश हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले बिजयीहरुलाई वधाइ एवं सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि बोर्डको नेपाल प्रबद्र्धन गर्ने अभियानहरुमा सहभागी हुन अनुरोध गर्नुभएको छ ।




