बाबुराम भट्टराई बने हजुरबुवा, छोरी मानुषीलाई पुत्रलाभ

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेता डा. बाबुराम भट्टराई हजुरबुवा बनेका छन् ।

भट्टराईकी छोरी मानुषी यमी भट्टराईले आइतबार छोरा जन्माएकी छिन् । त्रिवि शिक्षण अस्पतालमा शल्यक्रियाबाट पुत्र जन्मिएको भट्टराईले ट्वीटर मार्फत् जानकारी दिएका छन् । 

‘बल्ल हजूरबा भैयो । असार २८ गते विहान १०:०५ बजे टिचिंग अस्पतालमा छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई पुत्रलाभ भएको छ । डा. गीता गुरुङ र टिमलाई सफल अपरेसनका लागि धन्यवाद । अहिलेसम्म हाम्रो परिवारमा २२औं शताब्दी देख्ने सम्भावना भएको एकमात्र शिशुको सुस्वास्थ्यको कामना । मानुषी-जेकेन्द्रलाई बधाई’, भट्टराईले ट्वीट गरेका छन् ।

चार वर्षअघि मानुषीको बिहे तनहुँका जेकेन्द्र श्रेष्ठसँग भएको थियो । मानुषी डा. बाबुराम र नेतृ हिसिला यमीकी एकमात्र छोरी हुन् ।