फुल्पिङकट्टीको पहिरोमा परेर एकै परिवारका एक जनाको मृत्यु, ४ जना वेपत्ता

अपडेट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने चार जना वेपत्ता भएका छन्।
काठमाडौं, साउन १ : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर पुर्दा एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।
अबिरल परेको बर्षासँगै गाउँपालिका–४ फुल्पिङकट्टीमा ज्ञानजेन शेर्पाको घर पुरिदाँ उनकी आमा, बहिनी, वुढी र २ छोरी वेपत्ता भएको वडाध्यक्ष साङ्दोर्जे शेर्पाले बताए ।
पहिरोले एउटा स्कूलमा समेत क्षति पुर्याएको छ । ग्यान्जेन भने काठमाडौंमा बस चलाउँदै आएको उनले बताए । अहिले वडाअध्यक्ष सहित प्रहरीको टोली घटनास्थलमा जाँदै छ ।
यस’boutमा बिस्तृत विवरण आउन बाँकी छ ।