बोली रोक्ने कि ओली रोक्ने !

हो, रामको जन्मभूमि ’bout विवाद छ । कृष्ण सम्मका प्रमाण छन रामकापालाका त्यति छैनन। मानवकृत प्रमाणहरू भक्तले सिर्जना गरेका हुन, अयोध्यामा हुन कि अयोध्यापुरिमा हुन वा बाल्मिकि आश्रममा। भारतले नक्कली अयोध्या खडा गर्यो भनेर मैले भन्दा केही हुन्न खड्ग प्रसादले जस्तै पिपलको बोटमुनि बसेर तर केपीले भन्न मिल्दैन। बुद्ध भारतमा जन्मिएका भनेर मोदीले भन्दा उनैले कति रफू भर्नुपर्यो ? हाम्रो संसदमै बोले किनकि अहिलेसम्मका उत्खननबाट प्राप्त प्रमाणले बुद्ध जन्मिएको ठाउँ अहिले नेपालमा पर्छ भनेर देखाएका छन।


धेरैले गैर नेपाली नामले चिनेका एक  प्रख्यात व्यक्तित्वलाई आज म नेपाली नामले सम्बोधन गर्न चाहन्छु।  पद, प्रभाव, प्रतिष्ठा र वैभवलाई वहाँबाट अलग्ग्याएर एक आम नेपालीको रुपमा चर्चा गर्न चाहन्छु, खड्गप्रसाद ओलीको । गैर-राष्ट्रिय वा अङ्ग्रेजी नाम “केपी शर्मा” वहाँ माथि थोपरिएको हो कि आफैँ रोज्नु भएको हो थाहा छैन तर यति थाहा छ कि त्यसको उद्भव इमानमा अडेको छैन।  कि राज्यसङ्ग लुक्न, कि परिवारलाई छल्न,  कि कार्यकर्तालाई भ्रममा पार्न  वा अन्य यस्तै यस्तै कुनै प्रयोजनका प्रयोग भएको “केपी”ले कालान्तरमा  “खड्गप्रसाद”माथि चरम दमन गरेको छ र खड्गप्रसाद माथि केपी हाबी भएको छ।

खड्गप्रसाद आम मानिस हुनुहुन्छ। बोल्नमा बेलगाम, लेख्नमा फुक्काफाल,  म जस्तै। म जस्तो भुइँमान्छेले चौतारोमा जे बोले नि हुन्छ। कसैको मान मर्दन गरिहालेछु भने र उसले भेटिहाल्यो भने रिसको झोंकमा एक झापट हान्दिन्छ, सजायँ स्वरूप। म गाला सुम्सुम्याउँदै बाटो लाग्छु। त्यो झापु समेत नखाई जोगिन सक्छु ऊ आउना साथ मैले निर्दोषभाव र विनयभाव  देखाइदिएँ भने ।  मेरो बोलीका कारण चैतारोमा बसेका स्रोता-रमिते कसैले गाली खाने कुरा त अझ कल्पना बाहिरकै भए।

वहाँले  बचनले खुइल्याउन यो जगतका कसैलाई बाँकि राख्नु भएन, राजा देखि रङ्क सम्म, भगवान देखि राक्षस सम्म, साधु देखि चोर सम्म । तर कसैले प्रतिवाद गरेन । किन?  प्राकृतिक रुपमा खड्गप्रसाद मै जस्तो हो ।

तर केपीको अलग पाटो छ। त्यो केपी देशको सबै भन्दा ठूलो राजनीतिक दलको अध्यक्ष हो। झण्डै दुई तिहाइको सङ्ख्यामा रहेका सांसदहरूको नेता हो । गणतन्त्रात्मक नेपालको प्रमुख कार्यकारी हो अर्थात समग्र नेपालीको अभिभावक वा घरमूली । उसका बोली, व्यवहार र  हाउभाउसङ्ग दल, संसद र समग्र देशको प्रत्यक्ष सम्बन्ध छ।

क्षुद्रबोलीले गूट कमायो, गूटकै आडमा लूट रमायो, लूटकै निरन्तरताका खातीर गूट आवस्यक पऱ्यो र झुटकै सहारा चाहियो ।  त्यो जगजाहेर छ अहिले। भक्तहरूको सङ्ख्या हेरेर मात्रै झूटलाई सत्यमा बदल्न सकिन्न। केही पाउने आशामा हरेक रेटोरिकलाई सत्य मानेर फेसबूक र ट्विटरमा रमाउने भक्तहरू जागीर खोसिएका दिन तटस्थ बन्छन र भोलिपल्ट त्यही सत्य बिरुद्ध बोल्न थाल्छन। सत्ता-सिर्जित र आर्जित सत्यमा रमाउनु भनेको सुनिएर मोटाउनु जस्तै हो।

खड्गप्रसादले बोलेका झूटको परीक्षण आवस्यक छैन तर केपीको हरेक शब्दले वहाँलाई पछ्याई रहन्छ। केपी खड्गप्रसाद भन्दा फरक व्यक्ति हो। खड्गप्रसाद निजी व्यक्ति हो केपी सार्वजनिक। अव केपीलाई खड्गप्रसाद जस्तो जे मन लाग्यो त्यही बोल्ने छुट छैन, केही कुरा बोल्दा समेत झूट बोलेको हो कि साँचो भन्ने सम्परीक्षण हुन्छ। त्यसैले खड्गप्रसादले केपी बन्न धेरै सम्झौता गरेको छ, सबै भन्दा ठूलो सम्झौता मनमा जे लाग्यो त्यो बोल्दिनँ भन्ने सन्झौता।  दलको, संसदको र देशको तीनवटा बलिया साङ्लाले बाँधिएको र तीनैवटा भोटेताल्चा मुखमा ठोकिएको खड्गप्रसाद हो केपी।


केपीले अहिले सम्म आत्मसात नगरेको कुरा केहो भने वहाँलाई बोलिदिए पुग्छ त्यसको जिम्मेवारी लिनु पर्दैन र परिणाम भोग्नु पर्दैन। वहाँका बोलीको सार्वजनिक परीक्षण गर्ने कुनै निकाय नेपालमा उपस्थित भएन । न दलले सक्छ न संसदले सक्छ न राज्यको अर्को निकायले । वहाँले बोलिदिनु हुन्छ, त्यसलाई हुकुम मानेर राज्य संयन्त्र सत्य साबित गर्न खट्छ।


हुनत भक्तले नमाने पनि र भक्त सामु स्वीकार नगरे पनि केपीको विषेषता नै जीब्रोमा छ। जीब्रो नपड्काएको केपीलाई बाच्छाले समेत खेद्छ भन्ने उखान खडा गर्दिए हुन्छ। त्यसैले मैले भन्ने गरेको छु “थुतुनोले आर्जेको सत्ता” । वहाँ अध्यक्ष बन्ने पनि आफ्ना समकक्षी दुई नेतालाई काङ्रेस-माओवादीको पिछलग्गु बनेको भन्दै जीब्रो पड्काएरै हो। संसदमा बहुमत आएको पनि वहाँकै जीब्रोको कारणले हो।  मधेशीलाई मधेशी भनेर सम्मन, जनजातीलाई जनजाती भनेरै सम्मान, काङ्रेसलाई काङ्ग्रेस भनेरै सम्मान दिएको भए अहिले शेर बहदुर र प्रचण्डकाबीच आलोपालोको चर्चा हुन्थ्यो, केपी रे प्रचण्ड बीचको होइन। त्यही पनि थुतुनोको आर्जनलाई थुतुनोले नै गुमाउने अवस्था छ। गणीतीय जोडघाटाऊ जे सुकै होस तर केपीको कन्स्टिचुएन्सी आधा घटेको छ। भारतलाई मुह-तोड जबाफ दिने परिचय बनाएर दुईतिहाई जोड्ने जीब्रोलाई परराष्ट्र मन्त्रालयको विज्ञप्तिले सोझ्याउन खोजेको छ। अर्को अर्थमा जीब्रोले खड्गप्रसादले केपी हुन गरेको सम्झौतालाई उल्लङ्घन गरेको छ।

खड्गप्रसाद भएर पीपलको बोटमुनि बसेर टोले साथीहरूलाई मिल्थ्यो, त्यो केपीको पहिचानले दिँदैन। हरेक कार्यक्रममा योजनाबद्धरुपमा राखिएका ताली ठोक्ने भक्तहरूको ताली खड्गप्रसादको नियमित काम पर्ला केपीको पर्दैन। केपीका हरेक शब्दले वहाँलाई मृत्यू पर्यन्त लखेट्छ। हालैका दिनमा वहाँले प्रयोग गर्नु भएका केही शब्दले भारतीय शासकलाई घोच्यो होला त्यो ठूलो कुरा भएन तर जुन शब्दले भारतीय जनतालाई खोच्छ त्यसको परिणाम अलि दूरगामी हुन्छ। भारतीय शासक र तीनको भक्त मिडियाले प्रभुत्ववाद्को पृष्ठपोषण गर्छन, भारतीय जनता त्यसबाट अलि फरक हुन सक्छन।  हामीले भुलेर पनि भारतीय जनतालाई ति शासक र मिडियाको नजीक पुग्न दिनु हुन्न, यस्ता विषयमा । हामीले ख्याल गर्नु पर्ने मूख्य कुरा यो हो।

हो, रामको जन्मभूमि ’bout विवाद छ । कृष्ण सम्मका प्रमाण छन रामकापालाका त्त्यति छैनन। मानवकृत प्रमानहरू भक्तले सिर्जना गरेका हुन, अयोध्यामा हुन कि अयोध्यापुरिमा हुन वा बाल्मिकि आश्रममा। भारतले नक्कली अयोध्या खडा गर्यो भनेर मैले भन्दा केही हुन्न खड्ग प्रसादले जस्तै पिपलको बोटमुनि बसेर तर केपीले भन्न मिल्दैन। बुद्ध भारतमा जन्मिएका भनेर मोदीले भन्दा उनैले कति रफू भर्नुपर्यो ? हाम्रो संसदमै बोले किनकि अहिलेसम्मका उत्खननबाट प्राप्त प्रमाणले बुद्ध जन्मिएको ठाउँ अहिले नेपालमा पर्छ भनेर देखाएका छन। रामको सन्दर्भमा त्यो फरक छ। खड्गप्रसाद भएर त्यो बोल्न केपीको रुपमा प्राप्त सार्वजनिक हैसियत त्याग्नु पर्छ । उन्नाईसौं सताब्दीको राजनतिक सिमाना हेरेर बुद्ध कुन देश र राम कुन देशमा जन्मे भन्ने विवाद गर्नु नै पनि ब्यर्थमा टाउको दुखाउने काम हो। त्यही माथि भगवान जन्मेको ठाउँले  एउटा कथित मार्क्सवादीलाई के अर्थलाग्छ र त्यो बेमौसमको राग अलाप्नु परेको हो? जेरुसेलममा जन्मेको मान्छे अलास्काको र कोरियाको आस्था बन्न सक्छ । कहाँ जन्मे भन्ने विषय अर्कैको हो, प्रधानमन्त्री बोल्ने होइन, बोले पनि समय हेरेर, प्रसंग मिलाएर बोल्ने हो । सामाजिक संजालको आलोचनाको उद्देश्य यो हो ।

केपीले अहिले सम्म आत्मसात नगरेको कुरा केहो भने वहाँलाई बोलिदिए पुग्छ त्यसको जिम्मेवारी लिनु पर्दैन र परिणाम भोग्नु पर्दैन। वहाँका बोलीको सार्वजनिक परीक्षण गर्ने कुनै निकाय नेपालमा उपस्थित भएन। न दलले सक्छ न संसदले सक्छ न राज्यको अर्को निकायले। वहाँले बोलिदिनु हुन्छ, त्यसलाई हुकुम मानेर राज्य संयन्त्र त्यसलाई सत्य साबित गर्न खट्छ। पुरातत्व विभाग ठोरी जाने चर्चा त्यसैको परिणाम हो। 

केपी-कर्मको समीक्षा गर्ने हैसियतमा म छैन। केपीकै संरक्षणमा अर्वौँका घोटाला भएका उदाहरण सप्रमाण मिडियामा आउँदा समेत म चाहीँ भ्रष्टाचार प्रवर्द्धन गर्नु भयो भन्दिनँ। सबै प्रमाण शक्तिको उत्पादनमात्रै लाग्ने भएकाले म तिनलाई आरोप मात्रै ठान्छु। ति आरोपलाई प्रमाणको टेको लगाउन केपीको सत्ता ढल्नै पर्छ नत्र सम्भव छैन त्यसैले भ्रष्टाचार’bout म बोल्दिन। अकर्म र कुकर्म त सबै छरपष्ट भएकाले मेरो पनि चित्त बुझेको छैन केपी-राजले राज्य चलाएको तौडतरीकामा। दुईवर्ष सपना र जीब्रोको सुमधुर सहकार्य थियो। रेटोरिक भनेर मान्दा मान्दै पनि मैले निःशुल्क आनन्द लिएकै हो। रेल, पानीजहाज, विराटनगरको गोबरग्यास, मुस्ताङ्गको हावा बिजुली देखि नयाँ युगसम्मका सबै घटनाबाट आनन्द लिएकै हो, ति घटनासङ्ग जोडिएका वाकपटुतापूर्ण गफबाट आनन्द लिएकै हो।  तर कति चीज यस्ता हुन्छन त्यसरी प्राप्त गरिने आनन्दसङ्गै डरलाग्दो दुःख साथी बनेर आउँछ।

मैले देख्दा केपी-कर्म भन्दा केपी शब्दले अहिले दलभित्र, देश भित्र र देश बाहिर केपी आफैँलाई, दललाई, देशलाई र जनतालाई सङ्कटमा धकेल्दैछ। मलाई लाग्छ दलभित्रै यति खुइलिएको केपीले अव जनताको सपना साकार पार्न सिन्को भाँच्ने ठाउँ छैन, वहाँको सबै सोच आफ्ना जीब्रोका गल्तीहरूको बचाउ गर्ने बलियो कवजको खोजीमा केन्द्रित छ र चालक बिहीन जहाजमा सवार आफ्ना भक्तहरूको सुरक्षित अवतरणमा छ। दलसङ्ग दुई बिकल्प छन, ओली रोक्ने कि बोली रोक्ने। मलाई लाग्छ अघिल्लो बिकल्प सजिलो होला।