पहिरोले पुरिएर काठमाडौंमा एक युवकको मृत्यु
काठमाडौं, साउन ५ : पहिरोले पुरिएर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा एक युवकको मृत्यु भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार भाइसँगै स्थानीय गागलफेदी जंगलमा गएका २२ वर्षीय नवराज गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको हो। उनी जंगलमा शौच गर्ने वेला माथिबाट पहिरो आएको जनाएको छ।
आइतबार साँझ पहिरोमा पुरिएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनका भाइ भने सकुसल रहेका छन्।
उनको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।