प्रधानमन्त्री अनुपस्थित भएपछि बैठक स्थगित, ‘प्रचण्डलाई कसैले झुक्याएर शिलत निवास लगेको होइन’

काठमाडौं, साउन ६ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि आज पनि स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो १ बजेको लागि बोलाइएको बैठक २० मिनेट बसेर स्थगित भएको हो।

आजकाे बैठक प्रधानमन्त्रीकाे अनुपस्थितपछि स्थगित भएकाे स्थायी कमिटी सदस्य गाेकर्ण बिष्टले जानकारी  दिए।

बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ। यसअघि पनि सातपटक बैठक स्थगित भइसकेको छ। पटक पटक बैठक स्थगित हुँदा तय भएका एजेण्डामा छलफल हुन सकेको छैन।  साउन १० गते बसेको स्थायी कमिटी बैठकले छलफलका लागि सात एजेण्डा तय गरेको थियो। 

शनिबार अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शितल निवास गएको प्रसंगमा श्रेष्ठले प्रचण्ड शितलनिवास गए पनि झुक्याएर नलगिएको बताए।

‘झुक्याएर कोहीले लैजाँदैन। कोही जाँदैन। उहाँ झुक्याएर लैजाने खालको अध्यक्ष पनि होइन,’ उनले भने, ‘सत्य के हो भने अध्यक्ष प्रचण्ड शितल निवास जानुभएको हो।’

प्रचण्डले आफू परिवन्धमा परेर शितल निवास पुगेको ब्रिफिङ गरेका समाचार आएका थिए। यस’bout प्रवक्ता श्रेष्ठले प्रचण्डबाट उक्त ब्रिफिङ नभएको दाबी गरे।

तपाईंहरू प्रधानमन्त्रीको राजीनामाबाट पछाडि हट्नुभएको हो? भन्ने प्रश्नमा श्रेष्ठले व्यंग गर्दै दुई कदम पछि सरेर भने- अहिले चाहिँ ब्याक भएको हुँ।