नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु
काठमाडौंको, ७ साउन : कोरोना भाइरसको संक्रमणबाट काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत एक चिनियाँ नागरिकको मृत्यु भएको छ।
हिजो बेलुका अस्पताल भर्ना भएकी ५८ वर्षीया चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका निर्देशक डा. रोहित पौडेलले पुष्टि गरेका छन् ।
ग्रान्डी अस्पतालमै संक्रमण पुष्टि भएको मृतक महिलालाई टिचिङमा ‘रिफर’ गरिएको थियो।
अहिले उनको शव अस्पतालमै राखिएको छ।
‘उहाँको शव अहिले अस्पतालमै छ। दूतावासको रोहबरमा सेनाले शव व्यवस्थापन गर्ने कुरा छ,’ निर्देशक पौडेलले भने।
मृतक महिला’bout थप विवरण लिने काम भइरहेको छ।
नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो।