फुटबल प्रशिक्षण शुरु

नुवाकोट : लकडाउनका कारण विद्यालय जान नपाएका बालबालिकालाई पिपलटार फुटबल क्लबले निःशुल्क जुनियर फुटवबल प्रशिक्षण शुरु गरेको छ ।

विदुर नगरपालिका–५ स्थित पिपलटारमा निर्माणधीन मदन भण्डारी रङ्गशालामा जुनियर उमेर समूहका ३० खेलाडीलाई क्लबले बुधबारबाट नियमित प्रशिक्षण दिने पिपलटार फुटबल क्लबका अध्यक्ष उद्धव पनेरुले बताए । नुवाकोटमा फुटबल खेलको विकास, प्रर्वद्धन र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षण शुरु गरिएको हो ।

स्तरीय प्रतियोगिता खेल्दै राष्ट्रियस्तरको खेल खेल्ने जुनियर उमेर समूहका बालबालिकालाई प्रशिक्षण दिन थालिएको हो । जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा प्रशिक्षक सन्तोष थापाले बिहानको समयमा नियमित दुई घण्टा प्रशिक्षण दिन थालेको पिपलटार फुटबल क्लबले जनाएको छ ।