राजधानी मै युवतीमाथि एसिड प्रहार, दुई जना पक्राउ

काठमाडौं, साउन ९ : राजधानीको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ ।

विहीबार साँझ बाफलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार २२ वर्षीया  कार्कीमाथि एकजना युवकले एसिड प्रहार गरेका हुन्। कोठाबाट सामान किन्‍न बाहिर निस्किएको अवस्थामा उनको अनुहारमा तेजाव खन्याइएको हो।

यस्तै प्रहरीले युवतीलाई एसिड प्रहार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।  काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले उनीहरुलाई डल्लुबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन्  ।