नेपालमा कोरोनाबाट ४५ जनाको मृत्यु
काठमाडौँ। नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ। कोरोना संक्रमणबाट बाराको परवानीपुर ८ की १७ वर्षीया एक किशोरीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा जागेश्वर गौतमले जानकारी दिए।
ती किशोरीमा कोरोना पोजेटिभसँगै पखला, श्वासप्रश्वासलगायत समस्या देखिएको थियो। उनको शुक्रबार साँझ निधन भएको गौतमले बताए। ती किशोरीको साउन ८ गते स्वाब संकलन गरिएको थियो भने ९ गते उनमा कोरोना पुष्टि भएको थियो।