काठमाडौंको महाबौद्धमा एकै परिवारका पाँच जना कोरोना संक्रमित

काठमाडौं  । काठमाडौंको महाबौद्ध बस्दै आएका एकै परिवारका पाँच जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण देखिएको छ । वीरगञ्ज घर भएका उनीहरुमध्ये छोरा र छोरीमा गत बिहीबार नै संक्रमण पुष्टि भएको थियो । परिवारका अन्य तीन सदस्यमा पनि परीक्षण गर्दा आमा, बुबा र नातिनीमा समेत कोरोना संक्रमण देखिएको हो ।

नातिनी र छोरी करिब १५ दिनअघि भारतबाट आएका थिए । बाँकी तीन जना भने कतै नगएको बताइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले एकै परिवारका पाँच जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ ।  

काठमाडौंको यस्तो मुल चोकमा संक्रमित भेटिएसँगै स्थानीय त्रसित बनेका छन् ।