सुनीलबहादुर थापा सहित १३ जना नेता कांग्रेस प्रवेश

काठमाडौं । केहि दिन अगाडि राप्रपाबाट सामूहिक राजीनामा दिएका नेता सुनिलबहादुर थापा सहित १३ जना नेता कांग्रेस प्रवेश गरेका छन्। उनीहरुलाई सभापति शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका थिए ।

नेता रामचन्द्र पौडेलले पार्टीमा प्रवेश गरेका थापासहितका नेताहरुलाई माला लगाएर स्वागत गरेका थिए । राप्रपा नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलले केहीदिन अघि राप्रपा परित्याग गरेका थिए ।