काँग्रेस वरिष्ठ नेता पौडेलसँग चिनियाँ राजदूतको भेट

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग उहाँको निवास बोहोराटारमा मङ्गलबार शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी । तस्बिर सौजन्यः नेता पौडेलको सचिवालय(रासस)

काठमाडौँ, १३ साउन : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा आज उहाँहरुबीच नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६५औँं वर्ष गाँठको अवसरमा भेट भएको नेता पौडेलको निजी सचिवालयले जनाएको छ ।

सो अवसरमा उहाँहरुबीच बिपी कोइराला र माओत्से तुङ्का पालादेखिको काँग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको बीचको सम्बन्ध तथा चीन सरकारले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि सहयोग गर्ने ’boutमा छलफल भएको थियो । (रासस)