चौध वर्षीय साक्षात पन्तले आफनै शब्दमा गाए जातीय विभेदविरुद्ध गीत

काठमाडौँ, श्रावण १७: ललितपुरस्थित ज्ञानोदय बालबाटिकामा कक्षा ९ मा अध्धयनरत १४ वर्षीय साक्षात पन्तले जातीय विभेदविरुद्ध र्याप गीत गाएका छन्। उनको आफनै शब्दमा रहेको म्युजिक भिडियो आज आफनै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।   

समाजमा भइरहेको जातीय विभेदविरुद्धको आवाजको रुपमा उनले यो गीत गाएको बताएका छन्। जाजरकोटका नवराज विक र उनका साथीहरुलाई गैर दलितले मारेको घटनालाई लिएर आफूलाई भित्रैबाट छोएको र यो अधिकारको विषय हो भन्ने लागेर गीत लेखेको बताए । उनले भने, मलाई नवराज र उनका साथीहरुलाई मारेको कुराले एकदमै नरमाइलो लाग्यो । सबैजना बराबर हौं तर किन यस्तो हुन्छ भन्ने मनमा आयो र त्यही कुरालाई शब्दमा उतारेको हुँ । गीत नै बन्ला भनेर पनि मैले लेखेको हैन् । यो मेरो मनको भाव मात्र हो। उनले थपे ।     म  गैर दलित परिवारमा जन्मे हुर्केको हूँ, तर मलाई घर र विद्यालयमा  सबै मानिसहरु  समान हुन्छन  भनेर  सिकाइएकाले , नवराजको हत्याले मलाई अत्यन्त दुखी  तुल्यायो।  यसैले मैले आफ्ना भावनाहरू लेखें र ती लाइनहरूलाई र्‍याप गीतमा रूपान्तरण गर्ने निर्णय गरें, साक्षातले भने।

पन्तको गीत एक दलित युवकाविरुद्ध तथाकथित उच्च जातीमा मानिसहरुले गरेको क्रुरताको कल्पना हो।  गत जेठमा रुकुम पश्चिमका तथाकथित उच्च जातीका मानिसहरुद्धारा मारिएका जाजरकोटका युवा नवराज विक बाट प्रेरित पन्तको म्युजिक भिडियो आफनो अधिकार पुन प्राप्तिका लागि प्रयासरत युवाको परिचय बाट शुरु हुन्छ ।

म्युजिक भिडियोमा जातीय भेदभावको समाप्ती  र दलितहरूका लागि समानताको  हकको माग गरिएको छ, जातीय विभेदको बिषयमा गीतमार्फत अभिव्यक्ति दिन पाउँदा  म खुसी छु। म  चाहन्न कि नवराज जस्तै अरू दलित युवाहरुले ज्यान गुमाउन परोस । अब म हाम्रो समाजमा रहेका  विभिन्न प्रकारका सामाजिक कुरीति र हिँसाविरुद्ध आवाज उठाउँदै यो कदम अगाडी बढाउनेछु,” साक्षात् भन्छन्।

‘तर, म दलित’ म्यूजिक भिडियोमा कोरस गायककारुपमा उनलाई साथ दिएकी छिन् अदिती अधिकारीले । अमन प्रधानले गीतको कोरस कम्पोज गरेका  हुन्  भने संगीत संयोजन  र म्युजिक भिडियाको निर्देशन राहुल प्रधानले गरेका हुन्।


भिडियो लिंक : https://www.youtube.com/watch?v=YcdIUCL2_EY